झुपडीमा न्यानोको आश | NewsSudur

झुपडीमा न्यानोको आश

[elfsight_social_share_buttons id="1"]
216 Views

दिनेश विष्ट, अत्याधिक चिसोका कारण गरिब, विपन्न, सुकुम्बासी तथा मुक्त कमैयाहरुलाई समस्या भएको छ । बाक्लो कपडा किन्न पैसाको अभाव र दाउराका लागि जङ्गल जान नदिने भएकाले समस्या भएको मुक्तकमैयाहरुको भनाई छ । ओढ्ने ओछ्याउने बाक्लो कपडासमेत नभएकाले राती चिसोले झन सताउने गरेको उनिहरुले दुखेसो पोखेका छन् । धनगढी उपमहानगरपालिकाले प्भावित र गरीब परिवारलाई भन्दा पनि कर्मचारीका आफन्त र मुख्य बजारमा घर भएकाहरुलाई दाउरा बितरण गरेको धनगढीका मुक्तकमैयाले आरोप लगाएका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण मुक्तकमैयाहरुले पर्याप्त कपडाहरु किन्न नसकेको बताएका छन् । पर्याप्त कपडा नहुँदा चिसोले बालबालिकाहरुलाई बचाउन समस्या भएको मुक्तकमैयाहरुले दुखेसो पोखेका छन् । मुक्त कमैयाहरुलाई बिहान बेलुकाको छाक टार्न नपुगिरहेका बेला झन यस बर्षको चिसोले सहनै नसक्नु भएको छ ।

दाउराका लागी जङगलहरुले नदिने कपडा किन्न पैंसा नहुने भएकाले चिसोबाट बच्न समस्या भएको उनिहरुले बताएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को राधाकृष्ण मुक्त कमैया शिविरकी राजकुमारी चौधरी लगाउने लुगा देखी ओढ्ने ओछ्याउने सम्म पर्याप्त कपडा नभएर चिसोले सताएको दुखेसो पोख्छिन् ।

चिसोले सताएपछि मुक्तकमैयाहरु आगो बालेरनै रात काट्ने गरेका छन् । बृद्ध बृद्धा र बालबालिका हरुलाई चिसोबाट बचाउन समस्या भएको उनिहरुले बताएका छन् । चिसोबाट निमोनिया, दम जस्ता बिरामी भएमा उपचारपनि गर्न नसक्ने अवस्था भएको धनगढी वडा नम्बर १ पुरानो एयरपोर्ट मुक्तकमैया बस्तीका भुलीराम डंगौराले बताए ।

चिसोले गर्दा उपमहानगरबासीलाई दाउरा बितरण गरिरहेको धनगढी उपमहानगरपालिकाले मुख्य बजारमा मात्रै दाउरा बाँडेको र मेन समस्या परेका मुक्त कमैया बस्तीमा दाउरापनि नदिएको पुरानो एयरपोर्टकै सिताराम चौधरीले बताए । नत शरिरमा लगाउन, नत ओढ्न ओछ्याउननै कपडा छ, पुराना कपडा मागेर गुजरा चलाइरहेको उनले दुखेसो गरे ।

बिगत केहीदिन यताको हुस्सु र सितलहरले गर्दा सुकुम्बासी मात्रै नभई मजदुर, किसान, व्यापारी, कर्मचारी लगायत सम्पुर्ण सर्वसाधारणको जनजिवन प्रभावित भएको छ । बाहिर निस्किनै नसकिने चिसोमा गरिखाने बर्गलाई बढी समस्या भएको छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु