गोदावरी नगरपालिका खुला दिशामुक्त क्षेत्र | NewsSudur

गोदावरी नगरपालिका खुला दिशामुक्त क्षेत्र

[elfsight_social_share_buttons id="1"]
196 Views

दिनेश बिष्ट, सार्वजनिक ठाउँमा शौचालय नै नबनाई गोदावरी नगरपालिकाले खुला दिसामुक्त क्षेत्र घोषणा गरेकाले अत्तरियामा यसको कार्यान्वयन चुनौतिपूर्ण देखिएको छ । बसपार्क लगायत बढी मानिसको आवागमन हुने सार्वजनिक ठाउँमा शौचालय नहुँदा नगरपालिकाको निर्णय पालना गर्न सर्वसाधारण असमर्थ भएका छन् ।

नगरपालिकाको घोषणा कार्यान्वयनमा ल्याउनुअघि पर्याप्त सार्वजनिक शौचालय बनाउन जनताले सुझाव दिएका छन् ।  नगर क्षेत्रमा ९९ दशमलव ९ प्रतिशत घरधुरीमा सौचालय भएको तथ्याङक अनुसार गोदावरी नगरपालिकाले यही पुस ११ गते खुला दिशाम्ुक्त क्षेत्र घोषणा गरेको हो । हरेक घरधुरीमा सौचालय भएपनि शार्वजनिक स्थलमा भने पर्याप्त सौचालय छैनन् । गोदावरी नगरपालिकाको मुख्य बजार अत्तरियामा रहेको बसपार्कमा अहिलेसम्म एउटा भन्दाबढी सौचालय बनाउन सकेको छैन ।

सानो सौचालय भएका कारण बिहान बेलुका बसपार्कमा आएका यात्रुका लागी नधान्ने भएकाले यात्रुहरु बाहीर जङगलमा जानेगरेको अत्तरिया बषपार्कमा रहेको सौचालयका सञ्चालक नर बहादुर शार्कीले बताए । प्रदेश नम्बर ७ का सबै जिल्लाका तथा यो प्रदेशबाट बाहिरिने गाडीहरु सोही बसपार्क भएर जाने भएकाले बसपार्कमा बृहत सौचालय भए खुला दिशापिसाप रोकिने उनको भनाई छ ।

गोदावरी नगरपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेपनि नगर क्षेत्रमा अहिले २ वटा मात्र सार्वजनिक सौचालय छन् । अत्तरिया बजारको सौचालय भन्दा पनि बसपार्कमा रहेको सौचालयले मान्छेहरुको चापलाई नधान्ने भएको छ । अत्तरिया बसपार्कमा सौचालयको समस्याले गर्दा आउने यात्रुहरु बाहीर जङगलमा दिशापिसाप गर्ने गरेको स्थानिय हरी ज्ञावालीले बताए ।

नगरपालिकाले सम्पुर्ण सार्वजनिक स्थलमा सौचालय बनाएर खुला दिशामुक्त क्षेत्र घोषणा गर्नुपर्ने भएपनि हचुवाको भरमा खुला दिशामुक्त क्षेत्र घोषणा गरेको उनको आरोप छ । खुला दिशामुक्त क्षेत्र घोषणा गरेपछि नगरपालिकाले खुला दिशामुक्त क्षेत्रको सुचनासम्म नलगाएको उनको भनाई छ ।

सरसफाई तथा खानेपानी कार्यालयको सहकार्यमा गोदावरी नगरपालिकाले वडा स्तरबाटै खुला दिशामुक्त क्षेत्र घोषणा गरेको नगर प्रमुख हरी सिहँ साउँदले बताए । नगरपालिकाका ९९ दशमलव ९ प्रतिशत घरधुरीमा सौचालय निर्माण पश्चात खुला दिशामुक्त क्षेत्र घोषणा गरेपनि सार्वजनिक स्थलमा सौचालय बनाउन नसकेको नगर प्रमुख साउँद स्वुकार्छन् । चालु आर्थिक बर्षकै योजनामा नगर क्षेत्र भित्र चार वटा सार्वजनिक सौचालय राखेको र पछिका दिनमा सम्पुर्ण सार्वजनिक स्थलमा सौचालय निर्माण गरेर अनुगमन गरि खुला क्षेत्रमा दिशापिसाप गर्नेलाई जरिवाना सजाय दिइने नगर प्रमुख साउँदले बताए ।

गोदावरी नगरपालिकाले मात्रै हैन अन्य खुला दिशामुक्त क्षेत्र घोषणा गरेका नगर तथा गाँउपालिकालेपनि सार्वजनिक स्थलमा सौचालय नबनाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेका छन् । गोदावरी नगरपालिकाको अत्तरिया बसपार्कमा सबभन्दा बढी मान्छेको आवत जावत हुने भएकाले सो ठाँउमा पहिला सौचालय बनाएर नगरलाई खुला दिशामुक्त छेत्र घोषणा गरेको भए उचित हुन्थ्यो । अवपनि चाँडो बसपार्कमा सौचालय बनाउन स्थानियले आग्रह गरेका छन् ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु