नदि नियन्त्रणका लागी ११ करोड | NewsSudur

नदि नियन्त्रणका लागी ११ करोड

[elfsight_social_share_buttons id="1"]
222 Views

शकर बोहरा, कैलालीमा विभिन्न नदीले गर्ने कटान नियन्त्रणका लागि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले तटबन्ध निर्माणमा ११ करोड रुपैँयाको बजेट पाएपनि कार्यान्वयन भने सुस्त देखिएको छ । बजेटको अख्तियारी प्राप्त भएको छ महिनामा उपभोक्ता समिति समेत बन्न सकेका छैनन् ।

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय धनगढीले अख्तियारी पाएको पाच महिनापछि मात्रै उपभोक्ता समिति गठन गर्न भनि स्थानीय तहलाई पत्र पठाएको छ । कार्यालयले पत्र पठाएको एक महिनासम्म पनि स्थानीय तहले उपभोक्ता समिति गठन गर्न सकेका छैनन् ।

स्थानीय तहले उपभोक्ता समिति गठन गर्न ढिलाई गरिरहेका बेला जल उत्पन्न प्रकोप कार्यालयले पनि उपभोक्ता समिति चाडो गठन गर्नका लागि तत्परता देखाएको छैन । चालु अर्थिक वर्षमा जिल्लाका ९ नदीमा तटबन्ध निर्माण तथा अन्य ३ योजनामा १० करोड ९२ लाख ७९ हजार रुपैया प्राप्त भएको जल उत्पन्न प्रकोप कार्यालयका ईन्जिनियर विष्णु देव चौधरीले बताए । मझौला नदी नियन्त्रण कार्यक्रम अन्तर्गत शिवगगा, गौरीगगा, गोदावरी, टुडेला, लिक्मा, कतैनी, चोरी खोला नदी नियन्त्रणका लागि ५५ लाख रुपैयाका दरले बजेट छुटयाईएको छ ।

मझौला नदी नियन्त्रण कार्यक्रम अन्तर्गत कान्द्रा नदी नियन्त्रणका लागि ३० लाख, काडा नदी नियन्त्रणका लागि २९ लाख ८९ हजार गरि चार करोड ३९ लाख ८९ हजार रकम विनियोजना गरिएको छ । चालु आर्थिक वर्षको हालसम्ममा उपभोक्ता समिति पनि गठन हुन नसकेको जल उत्पन्न प्रकोप कार्यालयका ईन्जिनियर विष्णु देव चौधरीको भनाई छ ।

चालु आर्थिक वर्षको छ महिनासम्ममा उपभोक्ता समिति समेत गठन गराउन नसकेको जल उत्पन्न प्रकोप कार्यालय भने विभिन्न बाहाना लगाउने योजना कार्यान्वयनमा ढिलाई भईरहेको बताउदै आएको छ । ढिलो गरि कार्यक्रम केन्द्रबाट आएको र त्यसपछि मसिरमा सम्पन्न प्रदेश र प्रतिनिधि सभा चुनावको निर्वाचन आचार सहिता लागेको कारण योजना कार्यान्वयमा ढिलाई भएको ईन्जिनियर चौधरीले बताए ।

मझौला नदी नियन्त्रण कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा सञ्चालन गर्नुपर्ने योजनाहरुको कार्यान्वयमा ढिलाई भईरहेका बेला हाल काम सुरु भईरहेका योजनाको निर्माण कार्य पनि सुस्त रहेको पाईएको छ । तराई मधेस बाढी तथा बस्ती सरक्षण कार्यक्रम अन्तर्गत तिन करोडको लागतमा तटबन्ध निर्माण भईरहेको कान्द्रा नदीमा पनि कार्य सुस्त रहेको कार्यालयले जनाएको छ ।

सदरमुकाम धनगढी बचाउ कार्यक्रम अन्तर्गत एक करोड २० लाख रुपैयाको लागतमा निर्माण भईरहेको तटबन्ध र राष्ट्रपति तराई चुरे मधेस विकाश समिति अन्तर्गत टुडेला नदीमा निर्माण भईरहेको तटबन्धको कार्य पनि सन्तोषजनक छैन् । तरपनि सम्बन्धित निकायले कार्यान्वयमा ध्यान नदिदा वर्षेनि नदी नियन्त्रणका लागि आएको लाखौ बजेट फ्रिज जाने गरेको छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु