दिनभर घाम नलागेर चिसो बढेपछि मजदुर वर्गको दैनिकी कष्टकर बन्दै | NewsSudur

दिनभर घाम नलागेर चिसो बढेपछि मजदुर वर्गको दैनिकी कष्टकर बन्दै

[elfsight_social_share_buttons id="1"]
150 Views

दिनभर घाम नलागेर चिसो बढेपछि मजदुर वर्गको दैनिकी कष्टकर बन्दै, चिसोमै काम गर्नुपर्ने बाध्यताले अधिकांश मजदुर गम्भीर स्वास्थ्य समस्या झेल्दै

दिनभर घाम नलागेर चिसो बढेपछि मजदुर वर्गको दैनिकी कष्टकर भएको छ । पश्चिम तराईमा लगातार २ हप्तादेखि चिसो बढेपछि मजदुरलाई काम गर्न अप्ठ्यारो भएको हो । चिसो मौसममा, ढुंगा, गिट्टी, इँटा र बालुवा सिमेन्टको काम गर्ने मजदुरलाई समस्या परेको छ । दैनिक काम गरेर घर खर्च चलाउने मजदुर वर्ग कठिन परिस्थितिमा काम गर्नुपर्दा समस्यामा परेको उनीहरुले बताएका छन् ।

धनगढी उपमहानगर पालीका वडा न ३ वडहराका आशाराम चौधरीले चिसोमा काम गर्दा स्वास्थ्य अवस्था बिग्रिएको बताए । राम्रो जुत्ता मोजा र न्यानो लुगासमेत नभएकाले काम गर्न गाह्रो भएको उनको भनाइ छ । मजदुरलाई दैनिक काम नगरी घरवार चलाउन पनि गारो भएको उनीहरु बताउँछन् ।

चिसोमै काम गरिरहेका धनगढी उपमहानगर पालीका वडा न ८ का हरिचरण चौधरीले काम गर्न अप्ठारो भएको बताए । काम नगरी जिविका नचल्ने भएकाले चिसोमा पनि काम गर्न आएको उनको भनाइ छ ।  कैलारी गाउँबाट आएर धनगढीको बोराडाँडीमा घर बनाउने काम गरी रहेका राम प्रसाद चौधरी चिसोमा काम गर्न धेरै अप्ठ्यारो हुने बताउँछन् । चीसोमा काम गर्दा हात खुट्टा सुन्निएको उनले वताए ।

चिसोमा काम गर्नुपर्दा धेरै मजदुर विरामी भएका छन् । उनीहरुले स्वास्थ्यको ख्याल गर्नुभन्दा दैनिक मजदूरीलाई महत्वपूर्ण मानेर काम गर्नुपर्ने बाध्यता छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु