यिनैहुन सुपरस्टारका सुपरफ्लप भाई–बाहिनीहरु (भिडियो सहित) | NewsSudur

यिनैहुन सुपरस्टारका सुपरफ्लप भाई–बाहिनीहरु (भिडियो सहित)

[elfsight_social_share_buttons id="1"]
179 Views

काठमाडौं । बलिउडमा समय–समयमा स्टारका भाई–बाहिनीको इन्ट्री हुन्छ । यी मध्ये कोही हिट भएका छन् त कोही सुपरफ्लप पनि । यी ‘स्टार भाई–बहिनी’ लाई लिएर खुब चर्चा पनि हुन्छ । ती भाई–बाहिनीले कमाएको चर्चाका आधारमा आफ्ना दाइ–दिदी झै नाम कमाउने आशा पनि राखियो । तर, दर्शकले उनीहरुलाई मन पराएनन् । हेर्नुस्, ती दश स्टारका फ्लप भाई–बाहिनीको सूची :

१. फैजल खान –
अमिर खान बलिउडका मिस्टर परफेक्शनिट हुन् । तर, दुर्भाग्य उनका भाई फैजल खान इन्डस्ट्रीमा लामो समय टिक्न सकेनन् । ‘मदहोश’ बा डेब्यू गरेका उनी अमिरको साथमा ‘मेला’ फिल्ममा समेत देखिए । तर, उनी जम्न सकेनन र अभिनयबाट टाढा भए । २. सोहेल खान -सलमान खानको नाम बलिउडको सबैभन्दा ठूला सुपरस्टारको सूचीमा छ । तर उनका भाइ सोहेल खानको एक्टिङ करियर राम्रो हुन सकेन । ‘मैंने दिल तुझको दिया’ बाट डेब्यू गरेका सोहेल ‘ट्युबलाइट’ समेत देखिए । तर अभिनयमा फिक्का सावित भए । उनी निर्माता र निर्देशक समेत हुन् । निर्देशनको हिसाबले उनको पछिल्लो फिल्म ‘फ्रिकी अली’ हो । सलमानका अर्का भाई अरबाज खान पनि फिल्मी दुनियाँमा टिक्न सकेनन् ।

३. संजय कपूर -अनिल कपूर ‘झक्कास’ एक्टर हुन् । आज पनि उनी त्यतीकै चर्चामा छन् । तर उनका भाई संजय कपूरको भाग्य भने यस्तो रहेन । ‘सिर्फ तुम’ र ‘राजा’ जस्ता फिल्ममा काम गरेका संजयले अहिले लगभग अभिनय छोडेका छन् । ४. सिन्पल कपाडिया – ८० को दशककी चर्चित अभिनेत्री मध्ये एक डिन्पल कपाडियाकी बहिनीको सिन्पल हो । डिन्पलले पहिलो फिल्म ‘बेबी’ बाट बोल्ड अभिनेत्रीको छवी बनाइन् । तर, उनी बहिनीले भने बलिउडका केही फिलममा काम गरेपनि सफलताको स्वाद भने लिन पाइनन् ।

५. अमृता अरोडा मलाइका अरोडाले अभिनय र डान्सका माध्यमबाट संसार भर नाम कमाएकी छन् । तर उनी बहिनी अमृता भने इन्डस्ट्रीमा सफल हुन सकिनन् । ६. शमिता शेट्टी शिल्पा शेट्टीको बहिनी शमिताले ‘मोहब्बतें’ जस्ता फिल्ममा अभिनय गरेपछि करियर माथि उठाउन सकिनन् । ७. सोहा अली खान सैफ अली खानले बलिउडमा छुट्टै पहिचान बनाएका छन् । तर उनकी बहिनी सोहका लागि यो एक सपनामै सिमित भएको छ । ‘रंग दे बसन्ती’ मा उनको लुक्सको प्रशंसा गरिएको थियो । तर उनको यात्रा त्यहाँबाट अघि बढ्न सकेन ।

८. लव हिन्हा ‘दबंग गर्ल’ सोनाक्षी सिन्हाले समयसँगै इन्डस्ट्रीमा आफ्नो अलग पहिचान बाएकी छन् । तर उनका भाई लव सिन्हाको भने फिल्मी करियर शुरु हुने वित्तिकै सकिएको छ । उनको पहिलो फिल्म ‘सादियाँ’ सुपर फ्लप भयो । यो फिल्मलाई दर्शकले नोटिससम्म गरेनन् । ९. तनिषा – बलिउडीको सिमरन काजोल अहिले पनि पर्दामा आइरहन्छिन् । उनलाई पर्दामा देख्न चाहानेको संख्या अहिले पनि ठूलो छ । तर उनकी बहिनी तनिषाप्रति भने दर्शकको उत्सुक्ता छैन । यही कारण उनका ‘निल एन्ड निक्की’, ‘वन टु थ्री’ जस्ता फिल्म असफल बने । अहिले तनिषा फिल्मी दुनियाँ भन्दा टाढा छन् ।

१०. अस्मित पटेल अमिषा पटेलको फिल्मी करियर पनि अहिले धरमर अवस्थामा छ । डेब्यू पिल्म ‘कहो ना प्यार है’ बाट उनले तहल्का मच्चाएकी थिइन् । उनका भाई हुन् अस्मित पटेल । उनले टिभी देखि फिल्मसम्म केही समय ट्राइ गरे । सलमान खानको फिल्म ‘जय हो’ पनि देखिए । तर करियर भने माथि उकास्न सकेनन् । एजेन्सी


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु