क्यान महासंघ झापाद्वार कोडिङ प्रतियोगिताको फाईनल कार्यक्रम सम्पन्न | NewsSudur

क्यान महासंघ झापाद्वार कोडिङ प्रतियोगिताको फाईनल कार्यक्रम सम्पन्न

[elfsight_social_share_buttons id="1"]
210 Views

झापा, क्यान महासंघ झापा साखाले शनिबार जिल्ला स्तरीय उ.मा.बी. कोडिङ प्रतियोगिताको फाईनल कार्यक्रमा सम्पन्न गरेको छ । विर्तामोड नगरपालीका स्थित गोमेंद्र बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा छनोट चरणबाट छानीएका ९ जना बिद्धार्थीहरुको सहभागिता रहेको थियो । बिद्धार्थीको कम्प्युटर बिसय प्रतिको लागब बढाउने उद्धेश्य अनुरुप आयोजना गरिएको कर्यक्रमको आज फाईनल चरण सम्पन्न भएको हो । फाइनल राउण्डको लागि सहभागी मध्येबाट सरस्वती मा.वी. दमकबाट मौसम दाहाल प्रथम भएका थिए भने सरस्वतीकै रोशन खड्का र राजन ढकाल क्रमश द्वितीय र तृतीय बनेका थिए । प्रथम हुनेले रु ५०००, दोस्रोले रु ३००० र तृतीय स्थान हांसिल गर्नेले रु १५०० र प्रमाण-पत्र प्राप्त गरेका थिए ।

क्यान महासंघ केन्द्रीय सदस्य दिपेस पाठकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व क्यान जिल्ला अध्यक्ष लक्ष्मी खनालले गर्नुभएको थियो भने एनप्याब्सन झापाका अध्यक्ष संजिभ राइ, हिसान झापाका कोषाध्यक्ष रुपक खनाल, क्यम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका निश्चल सिम्खडाको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन क्यान महासंघ झापा सचिव रोशन दाहालले गरेका थिए भने संयोजन बिनोद प्रधानले गरेका थिए ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु