शिव परियारको "सानीमा सानी" मा प्रियंका र आकासको रोमान्स (भिडियो सहित) | NewsSudur

शिव परियारको “सानीमा सानी” मा प्रियंका र आकासको रोमान्स (भिडियो सहित)

[elfsight_social_share_buttons id="1"]
180 Views

केहि समय अगाडी मात्र सार्वजनिक भएको शिव परियारको स्वरमा सजिएको “सानीमा सानी” बोलको गीतले युटुबमा १६ लाख माथिको दर्सक बनाई सकेको छ । यस्तै गीत निकै राम्रो बनेको प्रतिक्रिया कमेन्टमा सबैले लेखेका छन् । सार्वजनिक भएको निकै कम समयमा औधि सफलता हात पार्नुमा गीत संगीत र शब्द रचना पक्ष रहेको देखिन्छ । गीतलाई रचनाकार गोपी दाहालले लेखेका हुन् ।

गोपी दाहालको सुन्दर रचनामा तयार भएको गीतमा अम्बर तुम्बापो सुब्बाको कम्पोजिसन र उदय राज पौडेलको अरेन्ज रहेको छ । अम्बर तुम्बापो सुब्बा र उदय राज पौडेल यो दुवै नाम नेपाली गीत संगीतमा प्रख्यात नाम हो । गीतमा यी २ व्यक्तिको सहभागिताले पनि अझै बढी प्रभाव पारेको देखिन्छ । यस्तै गायक शिव परियारको स्वरले गीतमा अर्को आयाम थपेको छ । उनको गायन शैली र स्वरको जादुले पनि गीतलाई अझै बढी सुन्दर बनाएको छ ।

गीतको शब्द रचना पनि निकै प्रभावकारी रहेको देखियो । गोपी दाहालले निकै मेहेनत र सोच बिचारको साथमा यति सुन्दर शब्द तयार पारेको प्रष्ट देखिन्छ । उनले आफ्नो “प्रज्वल” नामक एल्बम देखि यस गीतलाई साभार गरेका हुन् । युटुबमा आफ्नो गीतले १० लाख भिवर्स प्राप्त भएपछि उनले गीत हेरिदिने र सुनिदिने सबैलाई हृदय देखि नै धन्यवाद समेत ब्यक्त गरेका छन् । यस्तै उनले आगामी दिनमा समेत यस्तै साथको साथमा सल्लहा सुझाब दिनुहुनको लागि सम्पूर्ण नेपाली दर्शकह श्रोतहरुलाई हार्दिक अनुरोध समेत गरेका छन् । भिडियो हेर्नुस


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु