आश्चर्य ! ट्वाइलेटमै बिवह सम्पन्न त्यो पनि बाजागाजासँग | NewsSudur

आश्चर्य ! ट्वाइलेटमै बिवह सम्पन्न त्यो पनि बाजागाजासँग

[elfsight_social_share_buttons id="1"]
163 Views

सबैलाई थाहा भएकै कुरा हो ट्वाइलेटमा दिसा पिसाब गरिन्छ । तर भारतमा भने एक जोडीले ट्वाइलेटमै बिहे गरेका छन् । अनौठो लाग्ने यो घटना भारतको छत्तीसगढस्थित बिलासपुरको हो । समाचार अनुसार शबा नवाज नामक युवतीले १० महिना अघि नै गर्न भनी तय भएको आफ्नो बिहे नगर्ने घोषणा गरेकी थिइन् । हुनेवाला बेहुलाको घरमा ट्वाइलेट नभएको भनी उनले हुनै लागेको बिहे नगरेपछि ठूलै चर्चा कमाएकी थिइन् ।

तर १० महिनापछि भने उनले तिनै बेहुलासँग बिहे गरेकी छिन्, जोसँग उनले यसअघि ट्वाइलेटको निहुँमा बिहे नगर्ने भनेकी थिइन् । गत वर्षको मार्च महिनामा उनले तय भएको बिहे भंग गरिन् । आफ्नो हुनेवाला लोग्नेका परिवारसँग उनले अडान राखिन् की केटाको घरमा ट्वाइलेट नभएसँग स्वयंबर हुनेवाला छैन । यदि बिहे गर्नुछ भने केटाको घरमा पहिले ट्वाइलेट बन्नु पर्दछ ।

१० महिना अघि तय भएको बिहे एकाएक बेहुलीको शर्तका कारण रोकियो । तर केटा पक्षले उनको त्यो शर्त पूरा गर्ने बाचा गर्यो । हुनेवाला बेहुलाका बुवाआमाले घरमा शौचालय बनाउनका लागि नगर निगममा आवेदन दिए । ट्वाइलेट पनि बनि छाड्यो । शर्त बमोजिमको ट्वाइलेट केटाको घरमा बनेको खबर शबाको परिवार सम्म पूराइयो । त्यसपछि त के चाहियो ? बिहेको तयारी सुरु भयो ।

गत जनवरी २१ मा शबाको बिहे भयो उनै सरफराजसँग । बिहेको सहनाई अन्त होइन त्यहीँ ट्वाइलेटमै बज्यो । बिहेमा नगर निगमका सरकारी अधिकारीहरुलाई पनि बोलाइएको थियो । ट्वाइलेटमै ब्याण्डबाजा बज्न थालेपछि र बेहुला बेहुलीको बिहे नै ट्वाइलेटमै भएपनि उनीहरु पनि अक्क न बक्क भए । तर पछि उनीहरुलाई पूरै घटनाक्रमबारेमा जानकारी प्राप्त भएपछि निकै खुसी भए । एजेन्सी


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु