स्वस्तिमा को कडा जवाफ, कोरस भएर सलमान खानसँग हामी किन नाच्ने ?? | NewsSudur

स्वस्तिमा को कडा जवाफ, कोरस भएर सलमान खानसँग हामी किन नाच्ने ??

[elfsight_social_share_buttons id="1"]
168 Views

मार्च १० तारिख टुंडिखेलमा हुने सलमान खानको ‘दबंग द टुर’ मा नेपाली नायिकाहरु प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईले अस्विकार गरेका छन् ।उनीहरुले आफुलाई सम्मान नभएको भन्दै सलमानको शोमा नाच्न अस्वकार गरेका हुन् । नायिकाहरुले आफूहरुलाई अपमान गर्ने गरी प्रस्ताव गरिएको आरोप लगाएका छन् । हिन्दी गितमाच सलमान खानको कोरस भएर नाच्नु पर्ने प्रस्तावलाई उनीहरुले अपमानजनक भनेका हुन् ।पारिश्रमिक पनि निकै थोरै प्रस्ताव गरेको नायिकाहरुको गुनासो छ ।

स्रोतको अनुसार एक लाख पारिश्रमिकमा कोरस, ड्रेस र रिहलसल्स सकाउनु पर्ने आयोजक कम्पनीको प्रस्ताव थियो । नयिकाहरुले आयोजक कम्पनी ओडीसी इन्टरटेन्मेन्ट प्रालिले नेपाली कलाकारलाई देखाएको व्यावहारप्रति आक्रोस समेत व्यक्त गरेका छन् ।नेपाली नायिकाले ननाच्ने भनेपछि अब सलमानको शोमा कुनै पनि नायिकाले ननाच्ने भएका छन् । यस विषयमा सलमान खानालाई जानकारी गराउँदा आश्चर्य प्रकट गरेका थिए ।कार्यक्रम हुने हरेक देशका नायिकाले सलमानको कोरस भएर नै नाच्ने गरेको बताइए पनि नेपाली नायिकहरुले भने विदेशी हिरोसँग कोरसमा नाच्न नमान्नुलाई उचित निर्णयको रुपमा लिइएको छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु