एउटा रहस्यमय हत्त्या, नयाँ श्रीमती पाएपछि प्रेमिकाको शव खाटमुनी | NewsSudur

एउटा रहस्यमय हत्त्या, नयाँ श्रीमती पाएपछि प्रेमिकाको शव खाटमुनी

[elfsight_social_share_buttons id="1"]
127 Views

माघ । दिल्लीको तुगलकावादस्थित एउटा घरको खाटभित्रबाट प्रहरीहरुले एउटी महिलाको शव बरामद गरेको छ शवसँगै प्रहरीले सुरेश नाम गरेका एकजना फिजियोथेरापिस्टलाई उत्तराखण्डबाट गिरफ्तार गरेको छ ।घटनाको अनुसन्धानपछि प्रहरीले ति मृत महिला तुगलकावादमा उत्तराखण्डका सुरेश नाम गरेका व्यक्तिसँग बस्दै आएको बताएका छन् । मारिया भनिने सावित्री मेहरा नाम गरेकी ति महिला हत्या आरोपित सुरेशकी प्रेमिका थिइन् ।

उत्तराखण्डस्थित सुरेशको घरमा प्रहरीले छानबिनका क्रममा सुरेशकी अर्की श्रीमती पनि भएको थाहा पाएको छ । प्रहरीसँगको बयानमा सुरेशले मारियाको हत्या अपराध स्वीकारेका छन् । सुरेशले मारिया र आफ्नो सम्बन्ध फेसबुकबाट सुरु भएको र दुबै दिल्लीमा ‘लिभ इन रिलेसनशिप’मा बस्दै आएको पनि स्वीकार गरेको छन् । सम्बन्धमा रहेको समयमा नै परिवारहरुले जबरजस्ती आफ्नो विवाह गरिदिएको पनि उनले बताए ।

उत्तराखण्डमा विवाहको खवर मारियाले थाहा पाएपछि उनले पनि सुरेशमाथि विवाहका लागि दबाब दिएकी थिइन् । मारियाको दबाबपछि मारियालाई हिन्दु धर्ममा प्रवेश गराएर उनीहरुले विवाह गरेका थिए । तर मारियासँगको विवाहको जानकारी पाएपछि घर कलह सुरु भई सुरेशले नियोजित ढंगबाट मारियाको हत्या गरी उनको लाशलाई खाटभित्र लुकाएर फरार भएका थिए । – एजेन्सी


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु