'पिरतिको बर्को' भित्र पल र आंचलको रोमान्स (भिडीयो सहित) | NewsSudur

‘पिरतिको बर्को’ भित्र पल र आंचलको रोमान्स (भिडीयो सहित)

[elfsight_social_share_buttons id="1"]
135 Views

नेपाली चलचित्रजगतको स्क्रीन जोडी नायक पल शाह र नायिका आँचल शर्मालाई दर्शकले पर्दामा निक्कै रुचाएका छन् । पटक पटक फिल्मी बजारमा यी दुईको प्रेमको चर्चा भए पनी यसलाई अस्वीकार गर्दै आएको यो जोडी अभिनित चलचित्र ‘सत्रु गते’ चैत्र ९ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा समावेश ‘पिरतिको बर्को’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो गीतलाई संगीतकार कालिप्रसाद बाँस्कोटाले फरक शैलीमा तयार पारेका छन् ।

अर्जुन भट्टराइको लेखन रहेको यस गीतमा कालिप्रसादकै शब्द रहेको छ । पल र आँचलको प्रेम समन्धलाई झल्काइएको यो गीतको कोरियोग्राफी निक्की आकर्षक छ । प्रदिप भट्टराइले निर्देशन गरेको यो चलचित्रलाई मह संचारको प्रस्तुतीमा तयार पारिएको हो । यो गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, राजाराम पौडेल, शिवहरि पौडेले, किरण केसी, सुष्मा कार्की, मोहित बंश आचार्य, राजु भुजु लगायतका कलाकारको अभिनय छ । चलचित्रको ‘रुपै मोहनी’ बोलको गीत हिट भैसकेको छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु