यस्ता छन् एक उखुका अनेक फाइदा | NewsSudur

यस्ता छन् एक उखुका अनेक फाइदा

[elfsight_social_share_buttons id="1"]
113 Views

उखु हाम्रै बारी पाइने समान्य फलफुल हो । चिनि उत्पादनका लागि समेत प्रयोग हुने उखुलाई तराईतिर भने नगदे बालिका रुपमा लिइन्छ । यसलाई अन्य फलफुल सरह त्यती सजिलै खान सकिंदैन । विगतमा यसलाई दाँतले चोइट्याउँदै चपाएर रस निल्दै खाने गरिन्थ्यो । तर अहिले बजारमा उखुबाट जुस निकाल्न विभिन्न औजार तथा साधनहरु पाइन्छन् र यसको उपभोग पनि निकै सजिलो भएको छ ।

उखु खाँदा के कस्ता फाइदा हुन्छ त ? यसका फाइदाबारे हामी तपाईंलाई जानकारी दिंदै छौंः १. उखुमा प्रशस्त मात्रामा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्व पाइन्छ । जसले शरीरमा पोषण प्रदान गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ । २. उखुको जुस सेवन गर्नाले कलेजो स्वस्थ राख्छ । जसबाट कलेजोमा संक्रमण हुनबाट बचाउँछ ।

३. उखुमा प्रशस्त ग्लुकोज हुन्छ । ग्लुकोजले शरीरलाई शक्ति तथा उर्जा प्रदान गर्छ । ४.उखु सेवन गर्नाले शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउँछ । ५. उखुमा मात्रामा पानीको मात्रा हुने भएकाले पिसाव सम्बन्धी समस्या भएकाहरुलाई पनि उखु सेवन फाइदाजनक छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु