एमाले र माओवादीले लगाए मुख्यमन्त्रीको भागवण्डा,यस्तो छ नामावली | NewsSudur

एमाले र माओवादीले लगाए मुख्यमन्त्रीको भागवण्डा,यस्तो छ नामावली

[elfsight_social_share_buttons id="1"]
184 Views

काठमाडौँ। नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुख तथा प्रदेश मन्त्रीपरिषद्को सदस्य विभाजनको विषयमा सहमति जुटाएको छ। आईतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दुईदलिय कार्यदलले मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीपरिषद्मा रहने सदस्य संख्याको अनुपात मिलाउदै त्यसको संख्या पनि निर्धारण गरेको हो। सहमति अनुसार ४ मुख्यमन्त्री, ४ सभामुख, २ उपसभामुख एमालेले र माओवादी केन्द्रले २ मुख्यमन्त्री, २ सभामुख ४ वटा उपसभामुख पाउने छन्।

सहमति अनुसार, अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ। त्यसैगरी प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाएको छ। यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले, ४ र ५ को सभामुख माओवादी केन्द्रले लिने भएको छ। प्रदेश नम्बर १, ३, ६ र ७ को उपसभामुख माओवादी केन्द्रले र ४ र ५ को उपसभामुख एमालेले पाउने गरि सहमति जुटाईएको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए।

प्रदेश मन्त्रीपरिषद्को सदस्य विभाजन गर्दा मुख्यमन्त्री बाहेक एमालेले ७० र माओवादी केन्द्रले ३० प्रतिशत कायम गर्ने सहमति भएको छ। मन्त्रीहरुको कार्यविभाजन र प्रदेश नेतृत्वको वाँडफाँड सम्बन्धी प्रदेशका मुख्य मन्त्री र दुवै पार्टीका प्रदेशसभा संसदीय दलको नेताको सहमतिमा गर्ने सहमति भएको छ। साथै मन्त्रीपरिषद्को संख्या प्रदेशसभाको संख्याको अनुपातलाई विचार गरि ७ देखि ११ सदस्यीय बनाईने सहमति भएको छ। कार्यदलले जुटाएको यो सहमति पार्टी एकता संयोजन समितिको बैठकमा प्रस्तुत गरिने कार्यदल संयोजक नेम्वाङ्गले जानकारी दिए।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु