१५ वर्ष देखी युएईको जेलमा अमर, भन्छन् "आमाको मुख हेर्न नपाए पनि बुवालाई भेट्ने आश छ" | NewsSudur

१५ वर्ष देखी युएईको जेलमा अमर, भन्छन् “आमाको मुख हेर्न नपाए पनि बुवालाई भेट्ने आश छ”

[elfsight_social_share_buttons id="1"]
159 Views

युएई , दार्चुलाको धारीका अमरबहादुर बम दुवईको अल अविर सेन्टर जेलमा बसेको १५ वर्ष पूरा भयो । हत्या आरोपमा बम सन् २००३ मा पक्राउ पर्नुभएको थियो । पक्राउ गरेपछि उहाँलाई मृत्युदण्डको सजाय सुनाइयो । जेल परेको १५ वर्षमा पनि उहाँ माफी पाएर नेपाल फर्कने आशामा हुनुहुन्छ । भारतीय व्यापारी शरद सेठ्ठीको हत्यामा संलग्न भन्दै युएईको अदालतले दुई जना भारतीयसहित अमरलाई सन् २००३ मै मृत्युदण्डको फैसला सुनाएको थियो । तर, सेठ्ठीलाई गोली हान्ने भारतीय नागरीक मनोज मुदाना र करनसिंह राजपुतले अमर निर्दोष रहेको लिखित बयान दिएका थिए । अमरले चलाएको गाडीमा मुदाना र राजपुत चढेका थिए ।

हत्या योजनाबारे अमर बेखबर रहेको र गाडीमात्र चलाएको भनेर उनलाई माफी दिन उनीहरुले औंठाछाप गरेर निवेदन पनि दिएका छन् । तैपनि, अमर छुट्नुभएको छैन । बिहे गरेको पाँच दिनमा घर छोडेर अमर भारत गएका थिए ‘मेरो घर भारतको सीमा नजिकै छ । पढाइलेखाई भएन त्यसैले कमाउन भारत पसेँ,’ जेलमा रहेका अमर भन्नुहुन्छ । अमरले भारतमा धेरै ठाउँमा काम गर्नुभयो । भारतमा काम गर्दा गर्दै गाडी चलाउन पनि सिक्नुभयो । भारतको राजस्थानमा अमर ट्रक चलाउनुहुन्थ्यो । लरी भरी मार्वल बोकेर उहाँ टाढाटाढासम्म पुग्नुहुन्थ्यो ।

भारतमा काम गर्दादेखि जेलका १५ वर्ष अमरकै शब्दमा मार्वल उठाउन लरी लाइनमा लगाएर ३ सय भन्दा धेरै चालक र अन्य कामदार चोकमा बस्थ्यौं। त्यहाँ विदेश लैजाने भन्दै थुप्रै दलाल आउँथे । दलालले ३० देखी ३५ हजार रुपैयाँ कमाउने भन्दै दुवईका लागि प्रस्ताव गरे । दुई हजार भारतीय रुपैयाँ कमाउने मान्छेलाई ३५ हजार कमाउने भन्ने सुनेर सजिलै स्विकारेँ । र भारतमै लाइसेन्स बनाएर सन् २००३ जनवरी ६ मा भारतबाटै दुवई आएको हुँ।

दुवई आएर जुमेरामा रहेको साहुको घरमा ड्राइभरको काम गर्थें । मनोज मुदाना र करनसिंह राजपुत मेरा मालिक थिए । उनीहरुले जहाँ भन्यो, त्यही पु¥याउने काम गर्थें । उनीहरु कहाँ जान्छन्, को सँग बोल्छन् मलाई थाहा हुँदैनथ्यो । उनीहरु के बोल्छन बुझ्दैनथेँ । २४ जनवरी २००३, शुक्रबारको दिन थियो । राती ११ बजे तिर दुवईको एउटा क्लबमा लैजान भनियो । उनीहरुलाई लगेर गएँ । उनीहरु क्लब छिरे । मैले बाहिर कुरेर बसेँ । पछि उनीहरु निस्किए । त्यसपछि सारजाह एयरपोर्ट लैजाउ भनियो । मालिकले भनेपछि उतै लगेँ । बाटोमा जाँदै गर्दा प्रहरीले हामीलाई पक्राउ ग¥यो । उनीहरुले क्लब भित्र शरद सेठ्ठीको हत्या गरेर भागेका रहेछन् ।

छोरो जेल परेको थाहा पाएर आमाको ज्यान गयो
दुवई पुगेको खबर परिवारले दुई महिना पछि मात्रै थाहा पाएका थिए । मैले घर छोड्ने बेला आमा अलिक बिरामी हुनुहुन्थ्यो । हामी तीन दाजुभाइ हौं । जेठो दाइ परिवार सहित भारतको केरलामा हुनुहुन्छ । भाइ पनि उतै छ । घरमा आमाबुवालाई हेर्ने मान्छे नभएपछि दार्चुलाकै धनीशरासँग मेरो विवाह भयो । बिहे भएको पाँच दिनमै आमाबुवाका लागि खर्चबर्च र आफ्नै लागि पनि केही कमाई गर्न सकिएला भनेर म परदेश हिँडेको हुँ ।

म जेलमा परेको सन् २००९ मा राजदूत अर्जुनबहादुर थापाले जेलमा भेटेपछि बाहिर खबर गर्नुभएको हो । त्यहीबाट परिवारले थाहा पाएका हुन । आमाबुवालाई चिन्ता नहोस भनेर तपाईंहरुलाई खुसी बनाउनु आउँछु भन्थेँ । जेलमा भएको खबर भने सुनाइन । म जेल परेको कुरा सुनेर आमा मुर्छा पर्नुभएछ । त्यसपछि उहाँ फर्कनु भएन । आमाको ज्यान गएको २१ दिनपछि मैले थाहा पाएँ । अब बुवाको चिन्ता छ । आमाको निधनपछि दाजुभाइ छुिट्टएछन् । अहिले श्रीमती धनिशरा र बुवा कर्णबहादुर मात्रै हुनुहुन्छ घरमा । दाजुभाइसँग टेलिफोनमा कुरा भएको छैन । बुवालाई एक्लो पारेर छुट्टिएको मलाई मन परेन । त्यसैले उनीहरुलाई फोन गर्दिन ।

यसरी टेलिफोन गर्नुपर्छ जेल परेको धेरै वर्षसम्म कतै खबर गर्न पाएको थिएन । सन् २००९ पछि जेल नयाँ बन्यो । टेलिफोन गर्न बुथ हाउस राखियो । तीन सय जना कैदीहरुको समुहले पाँच वटा बुथ प्रयोग गर्छौं । पाँच वटा नम्बरमा फोन गर्न पाईन्छ । त्यसका लागि उनीहरु कहाँका को हुन भनेर खुलाउनु पर्छ । नाताले के के पर्ने भनेर सबै टिपाएपछि फोन गर्न पाउँछु ।

फोनका लागि पैसा चाहिन्छ ।कहिलेकाही साथीभाइले पैसा हालिदिन्छन र त्यसैबाट फोन गर्छु । अमरले बुवा कर्णबहादुर, श्रीमती धनीशरा र काठमाडौंमा रहेका पत्रकार राजेन्द्र कुँवरको नम्बर टिपाउनु भएको छ । त्यस्तै युएईमा रहेका पोखराका कन्चन गुरुङ र नेपाली समाज युएईका पूर्व अध्यक्ष कृष्णबहादुर ढकालको नम्बर पनि उहाँले टिपाउनु भएको छ । तिनै नम्बरमा फोन गरेर उहाँले बाहिरका गतिविधिबारे बुझ्नुहुन्छ ।

नेपाल फर्किन पाउने आश छ : बम पहिले मेरो बारेमा कसैलाई थाहा थिएन । मेरो बारेमा थाहा पाएपछि कतिपयले त मलाईं बचाउनु हुँदैन पनि भन्नुहुन्थ्यो रे । पहिले त दूतावासले पनि पहल गरेन । पछिल्लो पटक चाहिँ दूतावासबाट पनि भेट्न आउनुभएको छ । दूतावासले पहिलेबाटै मलाई बचाउन पहल गरेको भए यो १५ वर्षमा म नेपाल फर्किसकेको हुन्थे होला । १५ वर्ष त कट्यो अब कति समय बस्नु पर्ने हो । २५ वर्ष पुग्नै लाग्दा यहाँ आएको १५ वर्ष त जेलमै बिताए । उमेर ४० कट्न लाग्यो । बिहे गरेको ५ दिनमा छाडेर हिडेको म यसरी जेल परे । श्रीमतीको अनुहार पनि याद छैन् । आमा पनि बित्नुभयो । अब बुवाको मुख हेर्ने धोको छ ।

बुवा कर्ण बहादुरको बुढेशकालको आशा
अमरका बुवा कर्णबहादुर अहिले ७३ वर्षको हुनुभयो । बुहारीले आफ्नै छोरीले जस्तै रेखदेख गरिरहेकी छन । काठमाडौं धाउदा लाखौं खर्च भयो । म मुर्न अघि छोरालाई घर फर्काएर यो बुहारी जिम्मा लगाउने मन छ । छोराको उद्दारका लागि मन्त्री, मन्त्रालयदेखि राष्ट्रपतिसम्मलाई भेटे । मेरो आशा छोरो फर्कन्छ भन्ने छ ।

निरन्तर प्रयासमा छौं : दूतावास
अमरको विषयमा नेपाली दूतावास आबुधावीले निरन्तर प्रयास गरिरहेको जनाएको छ ।परराष्ट्र मन्त्रालयले कानुनी प्रतिरक्षा भन्दा राष्ट्रपतिको तहबाट माफी दिन अनुरोध गरेमा छुट्ने बिकल्प अगाडि सारेको थियो । नेपाल सरकारले अमरको माफीको लागि युएई सरकारलाई पत्र पठाएको थियो । तत्कालिन प्रधानमन्त्रीबाबुराम भट्टराईको कार्यकालमा मन्त्री परिषदले निर्णय गरेर युएईका सेखलाई पत्र मार्फत अनुरोध गरिएको थियो ।

सुशील कोईराला प्रधानमन्त्री हुँदा सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई विशेष दूत नाएर युएई पठाईएको थियो । युएईले त्यसको ठोस जवाफ दिएन । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले युएईका प्रधानमन्त्रीलाई भेटेर अमरलाई माफी दिन अनुरोध गर्नुभएको थियो । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले युएई भ्रमणमा आउँदा पनि यो प्रमुख एजेन्डा बनेको थियो । सब्द तथा तस्विर श्रोत -उमाकान्त पाण्डे/उज्यालोबाट


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु