सन्दिप लामिछाने दिल्लीबाट आइपिएल खेल्ने | NewsSudur

सन्दिप लामिछाने दिल्लीबाट आइपिएल खेल्ने

[elfsight_social_share_buttons id="1"]
193 Views

१४ माघ, काठमाडौं । नेपाली युवा बलर सन्दिप लामिछानेले आईपीएल टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएका छन् । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् ।

आइतबार भएको अक्सनमा दिल्लीले १७ वषर्ीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै उनलाई किनेको हो ।

दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् ।

दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ-आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी ।
अनलाइनखबर बाट


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु