शिव परियार भन्छन, 'चारै तिर मैले चहारे तिमीलाई' | NewsSudur

शिव परियार भन्छन, ‘चारै तिर मैले चहारे तिमीलाई’

[elfsight_social_share_buttons id="1"]
287 Views
Shiv Pariyar

गायक शिव परियारको आवाजमा रहेको गीत ‘चारैतिर’ बजारमा आएको छ । विमल गौतमको शब्द, राम सिटौलको संगीतमा रहेको गजलको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरीएको हो । पछिल्लो समय म्युजिक भिडियोमा ख्याति कमाउँदै गरेका निर्देशक सुन्दर लावतीको एक्सन कटमा तयार पारिएको म्युजिक भिडियो झापामा छायाङ्कन गरीएको हो ।

भिडियोमा सञ्चारकर्मी रमेश तिवारी र गायिका तथा मोडल जुनु प्रसाईले अभिनय गरेका छन् । गीत आफैँमा राम्रो भएकाले यसको म्युजिक भिडियोबाट राम्रो आशा गरीएको संगीतकार राम सिटौलाले बताए । मोफसलमा पनि म्युजिक भिडियो निमार्ण राम्रो हुने भएकाले ‘चारैतिर’को छायाङकनको लागी झापा रोजीएको संगीतकार सिटौलाको भनाई छ ।। भिडियोलाई अर्जुन सापकोटाले छायाङ्कन तथा अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् ।
हेर्नुहोस भिडियो


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु