जीप दुर्घटनामा २ को मृत्यु ६ घाईते | NewsSudur

जीप दुर्घटनामा २ को मृत्यु ६ घाईते

[elfsight_social_share_buttons id="1"]
195 Views

पाँचथर, १३ माघ : याङवरक गाउँपालिका वडा नं ३ ओयामको भञ्ज्याङमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी चालक स्थानीयवासी १८ वर्षीय प्रवेश योङ्या र १६ वर्षीय सन्दीप योङ्या छन् ।

दुर्घटनामा परेर याङ्वरक–३ बस्ने छ जना घाइते भएकामा जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो । ओयामबाट फिदिमतर्फ आउँदै गरेको ग१ज ६०८५ नंको जीप गए राति ११ बजेतिर बे्रक फेल भएर सडकबाट करिब ३०० मि तल खसेर दुर्घटनामा परेको थियो । – रासस


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु