कती सत्य ? 'म बलिउड गएँ भने नेपाली फिल्म डुब्छ' : अनमोल केसी (भिडियो सहित) | NewsSudur

कती सत्य ? ‘म बलिउड गएँ भने नेपाली फिल्म डुब्छ’ : अनमोल केसी (भिडियो सहित)

[elfsight_social_share_buttons id="1"]
216 Views

काठमाडौं। पछिल्लो समयमा एकपछी अर्को सुपरहिट नेपाली चलचित्र दिने मेहनती स्टार हुन अनमोल केसी । यतीवेला अनमोल आफ्नो नयाँ चलचित्र क्री को प्रमोसनमा लागेका छन् । नेपाली फिल्मका स्टार अभिनेता अनमोल केसीले आफूलाई थुप्रै बलिउड फिल्मबाट अफर आएको खुलाएका छन् । अनमोलले आफू बलिउड गएका नेपाली फिल्म उद्योग धरापमा पर्ने भएकोले ती अफर अस्वीकार गरेको बताएका छन् । उनले आफू नहुने हो भने नेपाली फिल्म उद्योग डुब्ने दावी समेत गरे । उनले प्रतिप्रश्न गरे ‘म गएँ भने नेपाली फिल्म कसले धान्छ ?’

अनमोलले आफू पिता भुवन केसीको इशारामा नचल्ने पनि बताएका छन् । सिनियर भएकोले पिताको केही कुरा मान्ने भए पनि उनकै इशारामा भने नचल्ने अनमोलको भनाइ हो । उनले आफ्नो छुट्टै पहिचान भएको र आफ्नो जीवनको निर्णय पनि आफैंले लिने बताए ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु