ओलीको कडा अभिव्यक्ति "काम चलाउ सरकारको सबै निर्णयहरु खारेज गरिन्छ" (भिडियो सहित) | NewsSudur

ओलीको कडा अभिव्यक्ति “काम चलाउ सरकारको सबै निर्णयहरु खारेज गरिन्छ” (भिडियो सहित)

[elfsight_social_share_buttons id="1"]
157 Views

माघ १२, काठमान्डौ, नेकपा एमालेले सरकारले असंवैधानिक ढंगले आर्थिक अराजकता निम्त्याउने निर्णयहरु गरेको आरोप लगाएको छ । पार्टी कार्यालय धुम्वराहीमा पत्रकार सम्मेलन गरि एमालेले सरकारले गरेका पछिल्ला निर्णयबारे पार्टीको धारणा सर्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले काम चलाउ देउवा सरकारले गरेका दुरगामी महत्व राख्ने अहिलेका सबै निर्णयहरु नयाँ सरकार बनेपछि खारेज गरिने स्पष्ट पार्नुभयो ।

एमालेले सकेसम्म वाम गठबन्धनलाई सरकार गठन गर्नबाट रोक्ने र त्यसो गर्न नसके देशको समग्र अर्थतन्त्र, शासन-संयन्त्र र व्यवस्थालाई नै अराजक, सङ्कटग्रस्त र भताभुङ्ग पार्ने गरी सरकार अगाडि बढिरहेको आरोप समेत लगाएको छ । एमाले अध्यक्ष ओलीले काम चलाउ देउवा सरकारले अर्थतन्त्र धाराशायी बनाउनकै लागि जाँदाजादै करोडौँको बजेटको चलखेल गरेको पनि आरोप लगाउनुभयो ।

सरकारले बिना मापदण्ड र परिभाषा राज्यकोषबाट आफू निकटका मान्छेहरुलाई अन्धाधुन्ध रकम बाँडिरहेको पनि एमालेको आरोप छ । पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले संक्रमणकाल लम्व्याउन राष्ट्रियसभाको चुनावी प्रकृयालाई पर धकेल्दै आएको र त्यसैको आडमा सरकारले गलत निर्णयहरु गरिरहेको बताउनभुयो ।

उहाँले निर्वाचन आयोगलाई लाचार छांयाको सज्ञा दिनुभयो । ओलीले नवराज सिलवाल प्रकरणको नयाँ सरकारले यथार्थ छानविन गर्ने बताउनुभयो । पार्टी एकतामा कुनै समस्या नभएको भन्दै ओलीले सरकारले एकता भाड्न खोजेको पनि आरोप लगाउनुभयो । मन्त्रीपरिषदको बुधबारको बैठकले ६५ बर्ष पुगेकालाई वृद्धभत्ता दिने लगायतका निर्णय गरेको थियो ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु