बगरमा गाडिएको अवस्थामा ८ वर्षीया बालिकाको शव फेला | NewsSudur

बगरमा गाडिएको अवस्थामा ८ वर्षीया बालिकाको शव फेला

[elfsight_social_share_buttons id="1"]
168 Views

खोटाङ, ११ माघ : खोलाको बगरमा गाडिएको अवस्थामा खोटाङमा एक बालिकाको शव फेला परेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नौमणि राईको आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा गएराति फेला परेको हो । बुधबार दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला पारिएको स्थानीयले बताएका छन् । हत्या आशंकामा प्रहरीले सोही स्थानका गौमणि राईको १६ वर्षीय छोरा जीउधन राईलाई नियन्त्रणमा लिएको छ ।

घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । “पक्राउ परेका जीउधनले आफैँले बालिकाको हत्या गरेको स्वीकारेका छन्”–उहाँले भन्नुभयो, “के कारणले बालिकाको हत्या गरिएको हो भन्ने बारे अझै बुझ्न बाँकी छ ।” स्थानीयले भने जीउधनले बालिकाको बलात्कारपछि हत्या गरेर लुकाउनका लागि खोलाको बगरमा गाडेको हुनसक्ने अनुमान गरेका छन् । पक्राउ परेका जीउधन र मारिएकी लुमणि नाताले दाजु बहिनी हुन् ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु