बलात्कारको प्रयास गर्दै दिदि भाईलाई नांगै बनाई जबर्जस्ती सेल्फी खिच्ने ३ युवक जेलमा | NewsSudur

बलात्कारको प्रयास गर्दै दिदि भाईलाई नांगै बनाई जबर्जस्ती सेल्फी खिच्ने ३ युवक जेलमा

[elfsight_social_share_buttons id="1"]
152 Views

दिदि भाईलाई नांगै बनाई जबर्जस्ती सेल्फी खिच्न लगाई युवती माथी विभत्स रुपमा बलात्कारको प्रयास गर्ने साथै नगद माग गर्ने ३ जनालाई इलाका प्रहरी कार्यालय विर्तामोडले जेल चलान गरेको छ । पुर्पक्षको लागि थुनामा पर्नेहरुमा बिजय बहादुर मगर, नविन डाँगी र सहिर चाहार रहेको इलाका प्रहरी कार्यालयका डीएसपी कृष्णप्रसाद कोइरालाले आजको खबरलाई बताउनु भयो ।

ईलाम स्थाई घर भएकी युवती झापाको सुरुङ्गामा आफ्नी मितआमाको घर आएकी र मितभाईसंग मोटरसाइकलमा इलाम फर्कने क्रममा अर्जुनधारा नगरपालिका वडा नं. ११ स्थित गिरी बन्धु चिया बगानमा पिडितलाई कुटपिट गरी डर त्रासमा पारी नगद पैसा समेत खोसेका थिए भने पिडितको भाई र पिडितलाई एकै ठाउमा उभिएर चुम्बन गरेको सेल्फी फोटो खिच्नु लगाउनुको साथै पिडीत महीलाको कपडाहरु जवरजस्ती खोलि संवेदनशील अंग घोची खेलाई पटक-पटक करणीको प्रयास गर्दै नगद रु. एकलाख माग गरेका थिए । गत पुस १३ गते परेको उजुरी र प्रहरीको निरन्तर प्रयासपछी दोशीलाई झापा जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेस दिएको हो ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु