कोसेलीको आशमा बसेका गाउँले बने मलामी | NewsSudur

कोसेलीको आशमा बसेका गाउँले बने मलामी

[elfsight_social_share_buttons id="1"]
187 Views

रामगोपालपुर : महोत्तरीको रामगोपालपुर-७ सहसौलाका गाउँलेहरुले धान भित्र्याएर फुर्सद भएपछि तीर्थ जाने योजना बनाए । ३५ जना गाउँलले पाँच-पाँच सय भाडा उठाए। गाउँकै सतेन्द्र साहको ट्रयाक्टर भाडामा लिएर आइतबार सिन्धुलीको लगुरखोलाको मेला भर्न गए। गाउँले र परिवारजनहरु मेला जानेहरुले ल्याउने कोसेलीको आशामा बसेका थिए।

त्यही मेला भर्न जाने मध्येकी एक थिइन स्थानीय सावित्री मण्डल उनलाई श्रीमान रामवेचनले खर्च दिएर गाउँलेका साथमा मेलामा पठाएका थिए। रामवेचन सावित्री मेलाबाट फर्केर आउने प्रतिक्षमा थिए। सवित्रिका सन्तान, आमाले ल्याउने मीठो कोसेलीको मुख ताकेर आशामा थिए। सोमबार अपराह्न साँढे चार बजे रामवेचनसँग सावित्रीको कुराकानी भएको थियो । उनले भनेकी थिइन् ‘टेन्सन नगर्नु म रातिसम्म घर आइपुग्छु । छोराछोरीलाई पनि त्यसै भन्नुस् ।’ आमाले कोसेली लिएर बर्दिबास आइसकेको कुरा सुनेर सावित्रिका छोराछोरी खुसी भएका थिए।
अचानक राति १० बजे रामवेचनलाई मेला गएको ट्रयाक्टर पल्टिएर सावित्री घाइते भएको खबर आयो । उनी अत्तालिए । कोसेलीको आशमा बसेमा छोराछोरी रुन थाले। कोसेलीको आशामा बसेका सहसौलाका गाउँलेहरु हताहतारमा रामवेचनसँगै ट्रयाक्टर दुर्घटना स्थल महोत्तरीको रामगोपालपुर-८ थलहिबिर्ता पुगे । त्यहाँ रामवेचनकी श्रीमती सावित्रीसहित मेला गएका सबै गाउँले ट्रयाक्टर पल्टिएर ट्रलीले च्यापिएका थिए । कोही बचाउँ-बचाउँ भन्दै थिए कोही रुँदै थिए । दुर्घटनामा ४५ वर्षीय सावित्री देवी मण्डलसहित चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा रामगोपालपुर नगरपालिका-७ सहसौलाकी ४६ वर्षीय सत्येन्द्र साह, १६ वर्षीय लालबाबु मण्डल, ६० वर्षीया जानकी देवी दाहाको मृत्यु भएको सहसौलाका सन्तोष कुमार मण्डलले बताए । सत्येन्द्र र लालबाबुको घटनास्थलमै मृत्यु भएको डिएसपी प्रकाश मलले जनाए । सावित्री र जानकीको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।
ला भर्न गएका मध्ये चार जनाको मृत्यु भएपछि कोसेलीको आशमा बसेका गाउँलेहरु गहभरि आँसुसहित मृतककहरुको दाहसंस्कारका लागि सहसौलाको जंघा खोलामा भेटिए। ज १ त ३५१६ नम्बरको ट्याक्टर लगुर खोलाबाट फर्किने क्रममा सोमबार राति दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी घाइते भएका ३३ जना मध्ये ८ जनाको उपचार अञ्चल अस्पताल जनकपुरमा भइरहेको छ भने २५ जना सामान्य उपचारपछि घर फर्केका छन् । दुर्घटना पश्चात ट्रयाक्टरका चालक सहसौलाका मधवेन्द्र साह फरार छन् ।

ट्रयाक्टरमा सवार तीर्थयात्री बृजनन्द दाहाका अनुसार ट्रयाक्टर चालकले अत्याधिक मदिरा खाएर सवारी चलाएकाले दुर्घटना भयो। ‘चिसो थियो। हुस्सुले बटो देखिदैन थियो । जोडले ट्रयाक्टर चलाइयो । हामीले विस्तारै चलाउन भन्दा ट्रयाक्टर चालक मधवेन्द्रले डर लागे उत्री भन्यो। म चुप्प लागे’ बृजनन्दले भने,

बाटोमा खाल्डाखुल्डी आउँदासमेत ट्रयाक्टर तीब्र गतिमै चलाइएकाले पटक-पटक पल्टिएला जस्तो भएको दाहाले बताए र अन्तिममा दाहाले भने, ‘आखिर साँच्चिकै ट्रयाक्टर पल्टियो सबै जना ट्रलीमा च्यापियौं ट्रलीको ढल्ला खुलेको थियो त्यसैबाट निस्किएर ज्यना बचाएँ।’ मेला भर्न गएका एकै गाउँका चार जनाको मृत्यु भएपछि गाउँनै शोकमा डुबेका छन् ।
अन्नपूर्णपोस्ट बाट/ फाइल तस्बिर


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु