झापामा लागूऔषध सहित १८ बर्षीय युवक पक्राऊ | NewsSudur

झापामा लागूऔषध सहित १८ बर्षीय युवक पक्राऊ

[elfsight_social_share_buttons id="1"]
155 Views

झापामा प्रहरीको गस्ती टोलीले लागूऔषध सहित एकलाई पक्राउ गरेको छ । गत ८ गते गस्ती गर्दै जाने क्रममा बिर्तामोड न.पा.वडा नं. १ स्थित कन्चनजंघा अस्पताल छेउमा कालो झोला बोकी शंकास्पद अबस्थामा भेटीएका १८ बर्षीय अभिषेक घिमिरेलाई प्रहरीले पक्राउ गरी जाँचबुझ गर्दा लागूऔषध फेलापरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी कृष्णप्रसाद कोइरालाले आजकोखबरलाई जानकारी दिनु भयो ।

घिमिरेको साथबाट Alfredo लेखिएको चकलेटको टिनको बाकसमा लागु औषध Nitrosun-10 लेखिएको लागु औषध ५४ पत्ता जम्मा ५४० चक्की र Spasmo-proxyvon plus लेखिएको ३ पत्ता २४ क्याप्सुल फेलापरेको थियो । झापा बिर्तामोड न.पा.वडा नं.३ स्थाई घर भई बसोबास गर्दै गरेका घिमिरे बिरुद्द जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप लिई थप अनुसन्धान भईरहेको छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु