अभिनेत्री श्वेताको 'कान्छी'को ट्रेलर सार्वजनिक (भिडियो सहित) | NewsSudur

अभिनेत्री श्वेताको ‘कान्छी’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

[elfsight_social_share_buttons id="1"]
221 Views

काठमाडौं । अभिनेत्री श्वेता खड्काको निर्माणमा तयार भएको फिल्म ‘कान्छी’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यस फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, रोमान्स र रोदनलाई देखाइएको छ। श्वेता खड्का, दयाहाङ राई, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यैपाने, भूमिका श्रेष्ठ फिचरिङ ट्रेलरमा फिल्मका अन्य मुख्य कलाकार प्रज्वल सुजल गिरी र अनु शाहलाई भने देखाइएको छैन ।

फागुन ४ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका छन् । मुस्ताङ, अपर मुस्ताङ, जोमसोम, राजधानीलगायतका ठाउँमा खिचिएको यस फिल्ममा शैलेश खड्का निर्माताको रूपमा रहेका छन् । रविन खड्का यस फिल्मका सहनिर्माता हुन् । यस फिल्ममा अर्जुन पोखरेल, राजनराज सिवाकोटी, शम्भुजित बाँस्कोटाको संगीत, वसन्त श्रेष्ठको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द्व समावेश छ। पुरुषोत्तम प्रधानले खिचेका फिल्मलाई वनीष शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु