तिलिचो तालमा पर्यटकहरुले गरे नांगो फोटो सेसन, कारबाहीको माग | NewsSudur

तिलिचो तालमा पर्यटकहरुले गरे नांगो फोटो सेसन, कारबाहीको माग

[elfsight_social_share_buttons id="1"]
171 Views

काठमाडौं । मनाङको तिलिचो तालमा दुई विदेशी पर्यटकहरुले नांगो फोटो सेसन गराएका छन् । अन्नपूर्ण संरक्षित क्षेत्रको पवित्र तिर्थस्थल तिलिचो तालमा नांगो फोटो सेसन गराएको तस्बिर बाहिर आएपछि तिव्र आलोचना समेत सुरु भएको छ । ताल अघि बसेर दुई विदेशीले नांगै तस्बिर खिचाएका छन् । विना गाइड तिलिचो पुगेका पर्यटकहरुले तिलिचो क्षेत्रमा उछ्खल गतिबिधि समेत गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।

फेसबुकमा तेजबहादुर गुरुङ लेख्छन्, – ‘विश्वकै उचाइमा अवस्थित अन्नपूर्ण संरक्षित क्षेत्रमा पर्ने तिलिचो तालमा यि पर्यटकहरुले नाङ्गै फोटो खिचाएर पक्कै ठीक गरेनन । नेपाली सामाजिक मुल्य मान्यता र संरक्षित क्षेत्रको नियम बिरुद्ध छ यो कार्य । बिना गाईड गएको पर्यटकहरुलाई कस्ले यस्ता उच्छ्रीङखल कार्य गर्नुहुदैन भनेर सिकाउने ? पदयात्रा अनुमतिमा अनिबार्य गाईड निती नल्याइ यस्तो हर्कत रोकिनेवाला छैन ।’

४९१९ मिटर उचाइमा रहेको यस तालको लम्बाइ ३.९ किलोमिटर रहेको छ भने चौडाइ १.६ किलोमिटर फराकिलो छ । कूल ४.८ वर्ग किमीभन्दा बढी क्षेत्रफलमा फैलिएको यस ताल वरिपरि सेता टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरि हिमाल रहेका छन् । हिमालको काखमा रहेको निलो सङ्लो पानी टलपलाई रहेको दृश्यले जो कसैको पनि मन लोभिने गर्छ । यसरी पवित्र तिर्थस्थलमा यस्तो काम गर्नु बर्जित छ । स्रोतका अनुसार यी दुई पयर्टन त्यही क्षेत्रमा हाल छन् । नेपालको सामजिक मुल्य, मान्यता र संस्कृति बिरोधी काम भएको भन्दै उनीहरुलाई कारबाहीको माग गरिएको छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु