खुकुरीले घाँटी रेटी छोराद्वारा बुबाको हत्या | NewsSudur

खुकुरीले घाँटी रेटी छोराद्वारा बुबाको हत्या

[elfsight_social_share_buttons id="1"]
261 Views

दाङ, ८ माघ : दाङको तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरस्थित तेजबहादुर चौधरीले आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ । गएराति सामान्य घरायसी विवादपछि चौधरीले ५२ वर्षीय बाबुराम चौधरीको खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।

हत्यापछि चौधरीले घरकै भान्सा कोठामा झुण्डी आफँै आत्महत्या गरेको जस्तो देखाएको प्रहरीले जनाएको छ । हत्या गर्ने तेजबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल राखिएको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु