नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको गीत "आफ्नै छायाँ" सार्वजनिक | NewsSudur

नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको गीत “आफ्नै छायाँ” सार्वजनिक

[elfsight_social_share_buttons id="1"]
244 Views

माघ ७, २०७४-रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत सार्वजनिक भएको छ । नेपाल आइडलपछि व्यस्त बनेका निशानले गाएको पहिलो गीतको भिडियो युट्युववाट सार्वजनिक भएको हो । नेपाल आइडलको स्टेजबाट दर्शकको मन जित्न सफल निशान ‘आफ्नै छायाँसँग पनि’ बोलको गीतमार्फत निशान आएका हुन् । उनको नयाँ गीतको भिडियो निर्देशक युवराज वाइबाले गरेका छन् । भिडियोमा उनले निशानसहित अभिनेत्री जेबिका कार्की र अनिल थापालाई फिचर गरेका छन् । प्रदिप चापागाईँको शब्द रहेको गीतमा आनन्द राईको शब्द र निशान भट्टराईको स्वर रहेको छ । गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । पुरा भिडियो हेर्नुहोस…..


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु