जब प्रियंका चोपडालाई न्युयोर्कको सडकमै एक पुरुषले चुम्बन गरे | NewsSudur

जब प्रियंका चोपडालाई न्युयोर्कको सडकमै एक पुरुषले चुम्बन गरे

[elfsight_social_share_buttons id="1"]
116 Views

बलिउड अभिनेत्री प्रियंका चोपडाको न्युयोर्कको सडकमै एक पुरुषले चुम्बन गरेको तस्बिर इन्टरनेटमा भाइरल बनेका छन् । प्रियंकालाई कसले र किन चुम्बन गर्‍यो ? यसको पछाडिको अर्थ सामान्य छ । यो सुटिङको एउटा दृश्य हो । हलिउड सिरियल क्वान्टिको ३ का लागि सो दृश्य खिचिएको हो । तस्बिरमा प्रियंकालाई एलन पावेलले चुम्बन गरेको देखिन्छ ।

क्वान्टिकोको पहिलो सिजन २७ सेप्टेम्बर २०१५ देखि १५ मे २०१६ सम्म चलेको थियो । दोस्रो सिजन २५ सेप्टेम्बर २०१६ देखि १५ मे २०१७ सम्म चलेको थियो । दुवै सिरिज २२–२२ शृंखला प्रदर्शन भएको थियो । तेस्रो शृंखला भने जम्मा १३ भागको हुनेछ । – एजेन्सी


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु