माग्ने बुढाको प्रेममा फस्दै नायीका पुजा शर्मा, (रमाईलो भिडियो ) | NewsSudur

माग्ने बुढाको प्रेममा फस्दै नायीका पुजा शर्मा, (रमाईलो भिडियो )

[elfsight_social_share_buttons id="1"]
137 Views

निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण हुन लागेको नयाँ फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’ लाई १० लाख पारिश्रमिक दिए पछि यो बिषयले मिडिया मज्जाले नै तात्यो । ‘छक्का पन्जा’ टिमबाट बाहिरको एउटा मात्र फिल्म खेल्ने सहिमति भएपछि ‘माग्ने बुढा’ले अभिनेत्री तथा निर्मात्री पूजा शर्माको नयाँ फिल्म खेल्न तयार भएका हुन् । धेरै फिल्मबाट अफर आएको तर सुर्दशनको स्क्रिप्ट चित्त बुझेकाले यो ब्यानरमा फिल्म खेल्न तयार भएको माग्ने बुढाले बताए ।

यता, माग्ने पक्का भएसंगै विल्सन बिक्रम राई ‘तक्मे बुढा’ र रबिन्द्र झा समेत यो फिल्ममा अनुबन्धित भैसकेको पूजा बताउँछिन् । यी दुईलाई पनि निकै मोटो रकममा सिनेमामा लिईएको निर्माण पक्ष जानकारी गराउँछ । तर, माग्ने बुढालाई १० लाख दिईरहदा तक्मे बुढालाई कति दिईयो त ?? भन्ने बिषयमा भने सिनेमा युनिटले बताउन चाहेन । खैर, जे भएपनि कलाकारको पारिश्रमिकमै धेरै खर्च गरिईरहेको यस सिनेमा कस्तो बन्ने हो ? ठुलो पर्दामा माग्ने र तक्मेको जुगलबन्दी कस्तो होला ?? अनि पूजाको पर्दाको हिरो माग्ने हुन् कि तक्मे ?? यस्ता अनेकौ सवालहरु भने सिनेमाले उब्जाएको नै छ ।

यस अघि सुदर्शन तथा पूजाको फिल्म ‘म यस्तो गीत गाउँछु’ यो वर्षको पहिलो सुपरहिट फिल्म बन्यो । सुदर्शनको निर्देशनलाई दर्शकले मन पराउदै आएका छन्। त्यसैले पनि उनका अधिकांश फिल्म हिट छन् । सुदर्शनको ब्राण्ड त्यसमाथि हाँस्य कलाकारहरुको टीम समेत फिल्ममा जोडिएसँगै फिल्मको चर्चा चुलिदै गएको छ । सुदर्शनको ब्राण्ड, कमेडियनहरुको ईन्ट्री, कलाकारको परिश्रमिक साथै फिल्मको संगीतपक्षले पनि फिल्मको हाइप क्रिएट गर्न थालिसकेको छ । पुरा भिडियो हेर्नुहोस….


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु