दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने | NewsSudur

दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने

[elfsight_social_share_buttons id="1"]
134 Views

तुलसीपुर, दाङ, ६ माघ : प्रदेश नं ५ को अस्थायी राजधानीको माग गर्दै विगत पाँच दिनदेखि दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने भएको छ । संघर्ष समितिको लमहीमा केहीबेर अगाडि बसेको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने संघर्ष समितिका सचिव एवं माओवादी केन्द्र दाङका नेता निर्मल आचार्यले जानकारी दिनुभयो ।आइतबार बिहानदेखि यहाँका शिक्षण संस्था, यातायातका साधन, उद्योग तथा कलकारखाना, बजार नियमितरुपमा सञ्चालन हुनेछन् । त्यसैगरी चक्काजाम, धर्ना, ज्ञापनपत्र बुझाउनेलगायत आन्दोलनका कार्यक्रम भने जारी रहने आचार्यले जानकारी दिनुभयो ।-रासस


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु