अनौठो क्षमता ! कानले बेलुन फुलाउन सक्छन् यी व्यक्ति (भिडियाेसहित) | NewsSudur

अनौठो क्षमता ! कानले बेलुन फुलाउन सक्छन् यी व्यक्ति (भिडियाेसहित)

[elfsight_social_share_buttons id="1"]
195 Views

मान्छेको क्षमता पनि थरीथरीको हुँदो रहेछ । भारतमा एकजना यस्ता मानिस छन् जसले आफ्नो कानबाट जोडसँग हावा निकालेर बेलुन फुलाउन सक्छन् ।
उत्तर प्रदेशको सोनभद्र नामक जिल्लामा बस्ने मणिशंकर पाण्डे नामका युवकले आफ्नो कानले नै बेलुन फुलाउँछन् ।
बेलुन फुलाउने मात्र कहाँ हो र ? उनले त कानैले स्वास फुकेर बलिरहेको मैनबत्ती पनि निभाइदिन सक्दछन् ।

वर्षौँदेखिको मेहेनतपछि अहिले आफुले सजिलैसँग यो काम गर्नसक्ने मणिशंकर बताउँछन् । कानले बेलुन फुक्नुअघि उनले गहिरो स्वास लिएर सास भित्रै रोक्दछन् । त्यसपछि नाकमुख बन्द गर्दछन् र कानबाट जोडसाथ हावा बाहिर निकाल्दछन् र बेलुन फुलाउँदछन् ।
आफ्नो क्षेत्रमा हुने विभिन्न समारोह तथा महोत्सवहरुमा मणिशंकरले आफ्नो त्यो कला देखाएर सबैलाई अचम्ममा पार्ने गरेका छन् ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु