यौन अपराधी मात्र बस्ने यस्तो छ फ्लोरिडाको 'मिराकल भिलेज' | NewsSudur

यौन अपराधी मात्र बस्ने यस्तो छ फ्लोरिडाको ‘मिराकल भिलेज’

[elfsight_social_share_buttons id="1"]
170 Views

एजेन्सी,माघ । अमेरिकाको फ्लोरिडा शहरमा एउटा यस्तो अचम्मको गाउँ छ जसको नाम नै मिराकल भिलेज रहेको छ । यस गाउँका बासिन्दाहरु अन्य गाउँका भन्दा एकदमै फरक छन् यसकारण कि त्यहाँ सबैजना बलात्कारी र यौन अपराधीहरु मात्र बस्छन् ।
फ्लोरिडाभन्दा २ माइल टाढा यस गाउँमा करिब २ सय मानिसहरु बस्दछन् । यी सबैजना अपराधीहरु हुन् । यिनीहरुमाथि यौन उत्पीडनको आरोप छ ।
यसको पछाडीको कारण भनेको फ्लोरिडा राज्यको कानून हो । त्यहाँ यौन अपराधीहरुलाई कानून बमोजिमको सजायँ काटेपछि पनि खुल्लारुपमा हिडडुल गर्न पाउने अधिकार छैन। त्यहाँको कानूनअनुसार बच्चाहरुमाथिको यौन उत्पीडनको आरोप लागेकाहरुलाई बच्चाहरुको स्कूल, खेल मैदानदेखि २५ सय फिटसम्म दुरी आसपास बस्न रोक लगाइन्छ ।

यो सबै कारणबाट एकपटक बलात्कारको सजाय भोगिसकेका मानिसहरु सामाजिक बहिष्करणमा पारिनुका साथै बेघर हुन्छन् । सजाय भोगिसकेका अभियुक्तहरुको बसोबासको अधिकारलाई सुरक्षित गर्नका लागि फ्लोरिडाका मन्त्री रिचर्ड विथरोले यस गाउँ बसालेका हुन् ।
यस गाउँमा अपराधीहरुलाई प्रधान गरिने घरहरु आम घरभन्दा एकदमै फरक हुन्छन् । उनीहरुको घरको अगाडी एउटा काठको तख्ता राखिएको हुन्छ जहाँ उनीहरुको नामसहित यौन अपराधी भएको स्पष्ट लेखेर खुलाइएको हुन्छ ।
हाल यहाँ १ सय ५० जना दर्ता भएका यौन अपराधीहरु बस्छन् । तर हरेक हप्ता यहाँ दुई दर्जनभन्दा ज्यादा अपराधीहरुले बसोबासका लागि आवेदन दिने गर्छन् । यस गाउँमा बच्चाहरुसँग बस्छ अनुमति दिइदैँन ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु